काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी आज तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।