फाइल तस्वीर

काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाको शपथ आज बिहान १०: ३० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको हो ।

नवनियुक्त मुख्यमन्त्री थापाले आजै मन्त्रिपरिषद् विस्तारको तयार गर्नुभएको छ । उहाँले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

सभामुख नै सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरेको थियो । अदालतले सरकार गठन प्रक्रिया फेरि सुरु गर्न परमादेश दिएपछि हिजो सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।