काठमाडौँ — सङघीय शिक्षा ऐनको मस्यौदा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश हुने भएको छ । भोलि १६ गते मङ्गलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश गरी पारित गर्न लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारिएको उक्त मस्यौदा मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेकोले भोलि पेश हुन लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

भोलि मङ्गलबार बस्ने मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्ने र आवश्यक छलफल गरी पारितका लागि सङ्घीय संसदमा पेश हुनेछ । यसअघि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको भए पनि मस्यौदा अघि बढ्न सकेको थिएन ।

पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरे पनि वर्तमान शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने संसद बैठकमा मस्यौदा पेश हुने जनाउनुभएको छ । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको होे ।