फाइल तस्वीर

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

यसअघि, अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन १ लाख १२ हजार ९ सय रुपैयाँ कायम रहेको थियो भने तेजावी सुनको प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।