फाइल तस्वीर
काठमाडौं — जनमत पार्टीले मधेस प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । जनमतले मधेश प्रदेशको सरकारमा नयाँ अनुसारलाई पठाउन विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई फिर्ता बोलाएको हो ।

जनमत पार्टीबाट सरकारमा रहेका विना विभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादलले राजीनामा दिनुभएको उक्त पार्टीले जनाएको छ । नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमत पार्टीको तयारी छ । सिंहलाई श्रम तथा यातायात मन्त्री र रञ्जुलाई राज्यमन्त्रीमा पठाउने भएको जनमता पार्टीका एक नेताले बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्रीले आज सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ । दलहरुबीच सहमति जुट्न नसक्दा मधेश सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छ्रन् ।