फाइल तस्वीर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ । नेपालमा मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले देशका विभिनन क्षेत्रमा बिहानदेखि वर्षा भइरहेको छ ।

आज सोमबार दिउँसो देशभर सामान्य बदली रहनुको साथै बागमती, गण्डकी, लुम्बिनी। कर्णाली लगायत प्राय सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

राति देशभर सामान्य बदली रहनेछ। कोसी, बागमती, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।