तस्वीरः दुई पार्टीविच एकीकरण भएको घोषणा ।


काठमाडौं — मधेशवादी दुई राजनीतिक दलबीच आज पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच आज आईतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो ।

जनकपुरमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफूलाई ठूलो धोखाधडी गरेको आरोप लगाउनुभयो ।

नेता चौधरीले आफुलाई मधेशवादी दलका नेताहरुले जनकपुरधाम जान नदिन ति पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएको आरोप लगाउँदै चौधरीले मधेशी जनताको हक हितका लागि आन्दोलनगर्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दावीसमेत गर्नुभयो ।

पार्टी एकीकरण कार्यक्रममा बोल्दै नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

दुई पार्टीको एकीकरण भएता पनि एकता महाधिवेशन नहुँदासम्म पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहेको, पार्टीको झण्डा, छाप, चुनाव चिन्ह र विधान नागरिक नागरिक उन्मुक्ति पार्टी कै हुने एकीकरण पछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।