फाइल तस्वीर
काठमाडौं — विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो ।

बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख रुपैयाँ, दोस्रो र तेस्रो फिल्मलाई क्रमशःरु ५० हजार र रु २५ हजार प्रदान गरिने छ ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित प्रतिष्पर्धा गर्दैछौँ ।”