साङ्केतिक तस्वीर
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज देशको मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ६३ दशमलव २४ अङ्कले बढेको हो ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसमा एक करोड २० लाख कित्ता सेयर किनबेच भएको थियो । आजका भएको सेयर कारोबार भएको मध्ये सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशतले वृद्धि भएको छ