फाइल तस्वीर
काबुल — मध्य अफगानिस्तानको मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा भीषण वर्षासँगै आएको बाढीमा परेरे कम्तिमा १२ जनाको मृत्यु भएको छ । बाढीका कारण १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएको सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदकाले जानकारी दिनु भएको हो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि पुराएकोे छ । गत वर्षको अगष्टमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरामा परी एक सय ८० जनाको ज्यान गएको थियो भने कम्तिमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त पनि भएका थिए ।