फाइल तस्वीर

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी आज तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।