फाइल तस्वीर
काठमाडौं — त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज बुधबार एक सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।

नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Screenshot_20230712-071548_Facebook.jpg

यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो । हाल सञ्चालनमा रहेका क्याम्पसहरुलाई पटक पटक नवीकरण गर्नका लागि सुचना जारी गरेपनि नवीकरण नगरेपछि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १७५ वटा कलेज खारेजका लागी नामावली प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पसहरुलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

यस्तो छ नवीकरण नगर्ने कलेजहरुको नामावली:

Screenshot_20230712-063935_Samsung Notes.jpg
Screenshot_20230712-063950_Samsung Notes.jpg
Screenshot_20230712-064006_Samsung Notes.jpg
Screenshot_20230712-064020_Samsung Notes.jpg