काठमाडौं —कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ नहुने भएको हो ।

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराउनुभएको थियो ।