फाइल तस्वीर

सुडान– सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यम एपीकाअनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वकाबीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो । समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल (¥यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् ।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ । १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ । एजेन्सी