फाइल तस्वीर

काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।