फाइल तस्वीर
पेरिस — फ्रान्समा प्रहरीले एक किशोरको हत्याका कारण विभिन्न शहरहरूमा दङ्गा भड्किएकोे छ । त्यहाँको आन्तरिक मन्त्रालयले जनाए अनुसार प्रहरीले ७२ जनालाई रातारात गिरफ्तार गरेको छ र २४ भवनमा आगजनी वा क्षति पुगेको जनाएको छ ।

आन्तरिक मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार १५९ सवारी साधनमा आगजनी गरिएको र २०२ फोहोरको डिब्बा वा सार्वजनिक क्षेत्रहरूमा अन्यत्र आगो लगाइएको समाचारमा उल्लेख छ ।

प्रहरी वा गेण्डरमेसको चार कार्यालयहरुमा हमला भएको थियो, तर कुनै नोक्सानी नभएको समाचारमा जनाइएको छ । त्यहाँ आईतवारदेखि हिजो सोमबार रातिसम्म दङ्गामा संलग्न १५७ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा बलहरू बीच प्रणालीगत नस्लवादको लामो समयदेखिको आरोपलाई पुनः जगाउँदै पेरिसको ठीक बाहिर मङ्गलबार ट्राफिक स्टपको क्रममा १७ वर्षीया नाहेल एम.फ्रान्स भरका मेयरहरूले सोमबार हिंसात्मक झडपहरू अन्त्य गर्न आह्वान गर्दै जुलुस निकालेका छन् । पेरिस उपनगरको मेयरको घरमा जलिरहेको कारले आक्रमण गरेपछि “गणतन्त्रात्मक व्यवस्थामा फर्कन“ माग गर्दै सोमबारको प्रदर्शनहरू व्यापक आक्रोशलाई बढावा दिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन मङ्गलबार दङ्गाका क्रममा क्षति भएका २२० नगरपालिकाका मेयरहरूसँग भेट्न आएका थिए । राष्ट्रपति कार्यालयका एक अधिकारी म्याक्रोनले ’यी घटनाहरूको गहिरो कारणहरू बुझ्नको लागि आवश्यक परिश्रमी, दीर्घकालीन काम सुरु गर्ने आशा राखेका छन्’ भनेका छन् ।