फाइल तस्वीर
काठमाडौं — मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको फराकिलो लक्ष्य दिएको छ । अहिले भइरहेको खेलमा नेपालले मलेसियालाई जितको लागि चुनौतीपूर्ण लक्ष्य पेश गरेको हो ।

उमेर समूहको यस क्रिकेट प्रतियोगितामा नरेन भट्टको शतक मद्दतमा मलेसियाले चुनौतीपूर्ण लक्ष्य पाएको छ । नेपालले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले यसपटक पनि उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्यमा राखेको छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो । नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितिसकेको छ ।

सन् २०१७ मा रित गौतमको कप्तानीमा रहेको नेपालले सिंगापुरलाई फाइनलमा हराएर उपाधि थुमेको थियो भने २०१९ को फाइनलमा पनि नेपालले मलेसियालाई हराउँदै उक्त प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको थियो । आजको खेलमा मलेसियाले नेपाललाई बदला लिन त चाहन्छ भने नेपाल पनि घरेलु टिम मलेसियालाइ हराएर उपाधि रक्षा गर्दै ह्याट्रिक गर्ने लक्ष्य लिएको छ ।