लुम्बिनी — रुपन्देहीको सुद्धोधन गाउँपालिका मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका–५ का शिव भारती रहेका छन् ।

उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिनुभयो । शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजे मात्र थाहा पाएकी थिइन् ।

प्रहरीका अनुसार बालिकाले नै घटनाबारे आमालाई भनेकी र त्यसपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।