फाइल तस्वीर
काठमाडौं — भारतीय आयल निगम(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार डिजेलको मूल्य बढेको छ भने घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएर नयाँ मूल्य पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलमा प्रतिलिटर २ रुपैयाँ १६ पैसा बढेको छ भने अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमले जनाएअनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ । बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ ।

यसैगरी डिजेलमा प्रतिलिटर १३ रुपैयाँ नाफा रहेको छ भने पेट्रोलमा १२ रुपैयाँ नाफा छ । यसका साथै, मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।

निगमले यतिधेरै नाफा राखेर उपभोक्तालाई महङ्गो मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको छ । निगमले चर्को मूल्यमा पेट्रोलियम पदार्थ बेचेर लामोसमयदेखि उपभोक्तो ढाड सेक्दै आएको छ ।