तस्वीर
काठमाडौं — जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफ खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा खेल जारी भएको हो ।

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।