तस्वीर : भिन्सेन्ट जीनब्रुन पेरिसको दक्षिणस्थित शहरका मेयर ।
क्रेटेल — केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् ।

सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् । मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा ‘प्रदर्शनकारीहरूले आगो लगाउनु अघि उनको घरमा गाडी प्रहार गरे र सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन्’ भनी लेखेका छन् ।