हेटौँडा — हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन, हेटौंडामा आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको हो । नेपाल कम्युनिस्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक बस्ने भएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेटमाथि छलफल गर्न नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ ।

विपक्षी दल र सत्तापक्षबीच सहमति जुट्न नसकेपछि गत मङ्गलबार र बुधवारको बैठक स्थगित भएको थियो । तर, आजको बैठकमा सहमति कायम गरेर छलफल गरिने योजनामा सरकार प्रतिबद्ध रहेको बताइएको छ ।