फाइल तस्वीर
काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।