साङ्केतिक तस्वीर
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो ।

कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २५ करोड १२ लाख ३३ हजार छ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार दुई सय १८ रुपैयाँ, सोल्टी होटलको २२ करोड ४२ लाख २९ हजार छ सय ३८ रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख २० हजार दुई सय ८७ रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शुन्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९, सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।