फाइल तस्वीरः गृह मन्त्रालय
काठमाडौं — सरकारले असार १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज (मङ्गलबार)सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले पर्सी बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।