काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसा सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।