काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । भारी वर्षा, मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।