फाइल तस्वीर

काठमाडौं — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरले आज आइतबार आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।

आज आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डङ्गोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो । उपप्रमुख डङ्गोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको बजेट चालु आ.व.को भन्दा १३ करोडले बढी भएको छ ।