फाइल तस्वीर
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आईतबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी तेजाबी सुन आज प्रतितोला एक लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।