मनिला – फिलिपिन्सको सन् २०२४ को बजेट ९ दशमलव ५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५ दशमलव ७६८ ट्रिलियन पेसो (लगभग १०३ दशमलव ७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गर्नुभएको छ । यो बजेट सन् २०२३ को बजेटभन्दा ९ दशमलव ५ प्रतिशतले बढी हो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१ दशमलव ८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले बताउँनु भएको छ ।
पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार रहेको हउँले बताँनु भएको छ । पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको “अपरिहार्य कदम“ भएको पनि उद्घोष गर्नुभएको छ ।
सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उहाँले बताउनुभएको छ । राससर सिन्ह्रा