मस्को — रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो ।

विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ । “मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ– यो आतङ्कवादी हमला थिएन ।
यद्यपि त्यहाँ कुनै हताहती भने भएन,“ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् । उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको बताइएको छ ।