साङ्केतिक तस्वीर
दमौली — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए अनुसार मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । घाइते गुरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।