काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन, चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन तोलामा १ लाख ११ हजार २ सय ५० रुपैयाँले कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँको घटेसँगै १ हजार ४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।