काठमाडौं — सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३–१ को सेटमा पराजित भएको हो ।

मङ्गोलियाले खेलको पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफनो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७–२५ ले आफ्नो पक्षमा पा¥यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५–२० ले विजयी भयो ।

उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।