काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।