काठमाडौं — आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर जिम्बाब्वेले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । नेपाल र जिम्बाब्वे समूह ‘ए’ मा रहेका छन् । नेपाल पहिलो खेलमै टेस्ट टोली जिम्बाबेलाई हराउन चाहन्छ । खेलमा नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्ने छन् ।
विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह ए मा छ । समूह बी मा श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन् ।