इस्तानबुल — टर्कीएको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरू विरुद्ध कारबाही गर्ने क्रममा २,००० वर्ष पुरानो मूर्ति कब्जा गरेको छ । अनादोलु एजेन्सीले शनिबार जनाएअनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा मार्दा सो पुराततात्विक वस्तु फेला पारेको हो ।
उक्त मूर्तिको टाउको देवी वा हेलेनिस्टिक कालदेखिको कुलीन चित्रण गर्ने संगमरमरको मूर्तिको अंश मानिएको छ । उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्त विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । राससरसिन्ह्वा)