काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै आज राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातभरजसो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा रातभर वर्षा भएको हो। अहिले पनि कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।