काठमाडौं — नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । प्राधिकरणले सोमबार प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

गत शुक्रबार सम्पन्‍न प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो । मर्जरको एक वर्षमा उनीहरुले एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरमा गएका यी दुवै इन्स्योरेन्स कम्पनीले असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताएका छन् ।

मर्जरपछि प्रभु र महालक्ष्मी लाइफमा कार्यरत कर्मचारीहरुलाई थप योग्य र दक्ष बनाई काममा निरन्तरता दिइने भएको छ । साथै कम्पनीले सातै प्रदेशका लागि थप कर्मचारी मागसमेत गरेको छ । यसअघि पटकपटक एकीकृत कारोबार गर्ने भनेपनि एक्चुअरी भ्यालुएसनमा ढिलाइ भएको कम्पनीले जनाएका छन् ।