तस्वीरः स्वर्गद्वारी गएर फर्किदै गर्दा दुर्घटनामा परेको निजी गाडी ।
प्युठान — प्युठान जिल्लाको धार्मिकस्थल स्वर्गद्वारी गएर फर्किदै गरेका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटनामा परेको छ । गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

लु १ च ६३४५ नम्बर निजी गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका ८ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको तर उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले बताएअनुसार ‘उद्धार गरिएको दुर्घटनामा परेकाहरुको अवस्था के छ भनेर अस्पतालबाट आएपछि नै थाहा हुनेछ । दुर्घटना के कति कारणले भएको र घाइतेहरुको अवस्थाको बारेमा अहिलेसम्म जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ ।