फाइल तस्वीर
नानजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । चिनियाँ भन्सार कार्यालयलको जानकारी अनुसार पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको हो ।

यो मार्ग प्रत्येक बुधबार, बिहीबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने तालिका छ भने यसबाट वार्षिक दुई हजार ८०० टन भन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ । चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनल –“नानजिङको वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति श्रृंखलाको साथ ठूलो मात्रामा टेक्सटाइल उद्योग छ । यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकहरू बीच लोकप्रिय छन्, र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमहरूलाई उनीहरूको वस्तुहरू निर्यात गर्नका लागि पहुँच प्रदान गर्दछ,” भन्नुहुन्छ ।