फाइल तस्वीर
काठमाडौं — साताको दोस्रोदिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चारसय रुपैयाँमा कारोबार भएको छ । हिजो आईतबार उक्त सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि गिरावट आएको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।