फाइल तस्वीर

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशको काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस्तै आज राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।