लन्डन – बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । संसद्लाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद् पदबाट राजीनामा दिनुभएको हो ।

तत्कालै लागू हुने गरी जोन्सनले राजीनामा दिए पछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुने भएको छ । संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहनुभएको छ । उहाँले कोभिड–१९ का सबै नियमहरू पालना गरिएको बताउँदै आए पनि उहाँमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप लगाइएको छ ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी संसद्लाई गुमराह गरेको प्रमाणित गरेर सांसद्बाट निलम्बन गर्न सिफारिस गर्ने तयारी गरेको थियो । जोन्सनले भन्नुभयो, ‘समितिका धेरैजसो सदस्यहरू मलाई संसदबाट हटाउन म विरुद्ध कारबाही गर्न कटिबद्ध छन् भनेर विशेषाधिकार समितिबाट पत्र प्राप्त भएको छ, विशेष गरी अध्यक्षले प्रमाण बिना मेरो दोषको बारेमा गहिरो पक्षपातपूर्ण टिप्पणी गरिसकेका छन् ।’

उहाँमाथि प्रीमियरशिप डाउनिंग स्ट्रीट कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग लाग्दै आएको छ । उहाँले कोभिड–१९ का नियमहरु तोडेर पार्टी गरेपछि बेलायतभरी आलोचना भएको थियो ।