महेन्द्रनगर — मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको हो ।

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उहाँ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुनुहुन्थ्यो । डा साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।