तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।
काठमाडौँ — आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको जिकिर गर्नुभएको छ । जारी प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको भन्ने विषय आधारहीन भएको बताउनुभएको छ ।

अर्थमन्त्री महतले ‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश ग¥यो भन्ने विषयलाई आधार मानेर सांसदमा प्रश्न उठेको छ । त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ । फेरि सदनमार्फत् उठेका विषयलाई समेत बुँदागतरुपमा प्रष्ट पार्न चाहन्छु ।’ बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्नेगर्छ’— भन्नुभयो ।

आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ । ‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल ग¥यौँ,’ मन्त्री महतले जानकारी जगारउँदै, आगामी आर्थिक वर्षको आर्थिक विधेयक यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर तय गरिएको बताउनुभयो ।