काठमाडौं — नेपाल राष्ट्र बैंकले आज जेठ २३ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ५८ पैसा निर्धारण गरेको हो ।

यस्तै गरी युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ २५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं कुन देशको मुद्राको दर कति ?

6 june.JPG