साङ्केतिक तस्वीर
सर्लाही — सर्लाहीमा अत्यधिक गर्मी बढेपछि यहाँका विद्यालयहरु बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारका अनुसार सर्लाहीमा केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । उहाँका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको हो ।

गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्र्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख रौनियारले बताउनुभयो । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहनेछन् ।