तस्वीरः राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ।
काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने भएको छ । सोमबार लामिछानेलाई दक्षिण अफ्रिका पठाउने बेलुका तयारी गरेको हो ।

बालिका बलात्कारको आरोपको मुद्दा खेपिरहेका लामिछानेको पेशी जिल्ला अदालत काठमाडौंको असार २९ गते शुक्रबारका लागि सारेपछि क्यानले लेगस्पिनर लामिछानेलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका पुगिसकेको छ । लामिछानेको मुद्दाको अन्तिम फैसला हुने भनिएकाले उनलाई अफ्रिका जानबाट रोकिएको थियो । तर लामिछानेको सोसम्बन्धी मुद्दाको पेशी एक महनापछि रहेको भन्दै क्यानले लामिछानेलाई तयारीका लागि अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लामिछानेलाई छिटोभन्दा छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानले जनाएको छ ।