काठमाडौं — नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्ध टी–२० आईको उपाधि जितेको छ । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो ।
मलेसियाले जितको लागि दिएके १ सय १० रनको लक्ष्य पछ्छाएको नेपालले १९।२ ओभरमा ७ विकेट गुमाउँदै आफ्नो लक्ष्य पुरा ग¥यो र सिरीज हात पार्यो । नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन बनाईन । कप्तान रुविना क्षेत्री २३ रन जोड्दा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।
बलिङतर्फ मलेसियाको ऐन्ना हाजिमाले दुई विकेट लिईन भने माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा १०९ रन बनाएके थियो । मलेसियाको लागि वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलनि । ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन बनाउदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको बलिङमा कविता जोशीले दुई र इश्वरी विष्टले एक विकेट लिए । शृङ्खलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृङ्खला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३–२ को अन्तरमा विजयी भएको हो ।